Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा १५ नेपालीको मृत्यु

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १५ : २६ मा प्रकाशित

अमेरिकामा १५ नेपालीको मृत्यु

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट हिजाे (मङ्गलबार) पनि एक नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीकाे मृत्यु भएकाे हाे । उनी गत चैत २६ (अप्रिल ८ तारिख) गते बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । याे सँगै अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

१५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार नभएकाे, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले जानकारी दिएका छन् । 

त्यसैगरी, एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको