Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ भारतकाे पछिल्लाे अवस्था ?

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १६ : ०५ मा प्रकाशित

कस्ताे छ भारतकाे पछिल्लाे अवस्था ?

अर्थ संसार, काठमाडौं – भारतमा दिनानुदिन काेराेना भाइरसकाे अवस्था झन्-झन् नाजुक बन्दै गएकाे छ । हालसम्म भारतमा कोरोना भाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेका छन् । 

यसैगरी, भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै, भारतमा देखिएका कोरोना संक्रमितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् ।

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोभिड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् भने ४०० जनाको मृत्यु भएको छ ।

त्यस्तै, दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ भने १८१ जनाको मृत्यु भएको छ ।

दिल्लीमा तीन हजार ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ । – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको