Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना आशंकामा २४ घण्टामा १४ सयकाे परीक्षण, कति परे रेड जोनमा ?

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १७ : १४ मा प्रकाशित

कोरोना आशंकामा २४ घण्टामा १४ सयकाे परीक्षण, कति परे रेड जोनमा ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि गरेकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ ।  

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँके नेपालगन्जका ६० वर्षका पुरुषको स्वाब भेरी अस्पतालको पीसीआरमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र रुपन्देहीमा २५ वर्षका पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, कोरोनाको आशंकामा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १२ हजार ५ सय ७७  जनाको पिसिआर विधिबाट र ४७ हजार ७ सय ९७  जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको परीक्षण गरिएकाे हाे । 

यस्तै, उनले हालसम्म २४ हजार ९ सय ७ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ५ जना र बाहिर ८९ जना गरी कुल ९४ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५९ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ४३ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये संक्रमित ४९ पुरुष रहेका छन् भने १० महिला छन् ।  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३ सय १५ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको