अर्थ संसार, काठमाडौं - कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज २ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने उक्त बैठकमा कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।
यसैगरी, बैठकमा अब लकडाउनको अवधी बढाउने वा मोडालिटी परिवर्तन गर्ने भन्ने विषयमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय समेत गरिनेछ ।
त्यस्तै, उच्चस्तरीय समन्वय समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख २५ गतेसम्मका लागि लकडाउन थपिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस