अर्थ संसार काठमाडाैं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १०० प्रतिशत अर्थात १ करोड ४४ लाख ७१ हजार रुपैयाँ धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ७ करोड ८१ लाख रूपैयाँबाट बढेर १० करोड ६४ लाख १४ हजार रुपैयाँमा आइपुगेकाे छ ।संस्थाकाे सञ्चालन मुनाफा ७२ लाख ३६ हजार रूपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष संस्थाकाे सञ्चालन नाफा १ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २३ करोड २२ लाख रुपैयाँ, रिजर्भ कोषमा ६ करोड ४९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९५ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस