Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै ठूलो आइपीओ ल्याएर रेकर्ड ब्रेक गर्न लागेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा कति ?

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १२ : ५० मा प्रकाशित

हालसम्मकै ठूलो आइपीओ ल्याएर रेकर्ड ब्रेक गर्न लागेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा कति ?

 अर्थ संसार, काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ५९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २० दशमलव ०५४ प्रतिशत अर्थात ९ करोड ९६ लाख रूपैयाँ धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ४९ करोड ६७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९२ करोड ७६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १० करोड ३१ लाख रूपैयाँ धेरै हाे । गत वर्षको चैत मसान्तसम्ममा बैंकले ८२ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै, तेस्रो त्रैमाससम्ममा बैंकले सञ्चालन नाफा ७० करोड ९६ लाख रुपैयाँबाट बढाएर ८५ करोड ९ लाख ७९ हजार रुपैयाँ पुर्याएकाे छ । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी १२ अर्ब रुपैयाँ, रिजर्भ कोषमा १ अर्ब ४९ करोड रुपैयाँ र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६३ पैसा रहेकाे छ । 

त्यसैगरी, बैंकले हालसम्मकै ठूलाे आइपीओ ल्याएर रेकर्ड ब्रेक गर्न लागेकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हाे । आइपीओ बिक्रीपछि बैंककाे चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eafc25f4c3d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको