Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले आफ्ना ग्राहकलाई प्रबिधिमैत्री बनाउने

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १३ : ३५ मा प्रकाशित

नबिल बैंकले आफ्ना ग्राहकलाई प्रबिधिमैत्री बनाउने

अर्थ संसार, काठमाडौं – नबिल बैंकले आफ्ना ग्राहकलाई प्रबिधिमैत्री बनाउन सबै खाता निशुल्क खोली कारोबार गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।

बैंकले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको हाे ।

यसैगरी, यस अन्तर्गत ग्राहकहरूले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग सुविधाहरूको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिङ्ग सुबिधा अन्तर्गत  ग्राहकहरूले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरू समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

यस्तै, यो सुविधा कोभिड १९ संक्रमण न्यूनीकरण एवम् ग्राहकहरूको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको बैंकले जानकारी दिएकाे छ ।

त्यसैगरी, नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देशभर ११८ शाखाहरू र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरूवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ । बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक प्रबिधि बैंकिङ्ग युगको शुरूवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको