Like us!
Follow us!
Connect us!
Watch us!

बोनस शेयरमा लाभांश कर हटाउ,मार्जिन ल्याण्डिडलाई ८०% पुर्याउ : नेपाल पूँजीबजार लगानीकर्ता संघ

अर्थ संसार

बुधबार, २४ बैशाख २०७७, १३ : ११ मा प्रकाशित

बोनस शेयरमा लाभांश कर हटाउ,मार्जिन ल्याण्डिडलाई ८०% पुर्याउ : नेपाल पूँजीबजार लगानीकर्ता संघ

अर्थ संसार, काठमाडौं-नेपाल पूँजीबजार लगानीकर्ता संघले आ.ब. २०७७/०७८ को बजेटमा समाबेस गर्न आफ्ना मागहरु अर्थमन्त्रालय समक्ष पेश प्रस्तुत गरेको छ।    

संघले आ.ब. २०७७/०७८ को बजेटमा मार्जिन ल्याण्डिडलाई ६५% बाट ८०% पुर्याउनु पर्ने,सेयर धितो कर्जाको ब्याज झारिदिनुपर्ने, विभिन्न कोषलाई मार्केट मेकरको रुपमा भित्राउँनु पर्ने, बैंक तथा बत्तिय संस्थालाई बिग मर्जरमा लानु पर्ने,
बोनस शेयरमा लाभांश कर हटाउनुपर्ने  जस्ता मागहरु अर्थमन्त्रालय समक्ष राखेको छ  ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले प्रस्तुत मागहरु :

१) सेयरको मूल्य ज्यादै घटिसकेको हुनाले मार्जिन ल्याण्डिड लाई ६५% बाट ८०% पुर्याउनु पर्ने

२)सेयर धितो कर्जाको ब्याज ९ % मा झारिदिनु पर्ने ।

३) नागरिक लगानीकोष , कर्मचारी संचयकोष , म्याचुयल फण्ड लगाएतका कोषलाई मार्केट मेकरको रुपमा भित्राउँनु पर्ने ।

४) बैंक तथा बत्तिय संस्थालाई बिग मर्जरमा लानु पर्ने ।

५) अक्सन मार्केट तुरुन्त कार्यान्वायनमा ल्यांउनु पर्ने ।

६ ) क्रस होल्डीड. को दायरा ब्यापक रुपमा बढाउनु पर्ने ।

७)शेयर कारोबारबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने पूँजीगत लाभकरलाई आयकर ऐन २०५८ को दफा ९२ मा उल्लिखित अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीमा समावेश गर्नु पर्ने । (क्यापिटल गेन ट्याक्स नै अन्तिम ट्याक्समा बनाउँनु पर्ने ।)

८)बोनस शेयरमा लाभांश कर हटाउनु पर्ने ।

९)आयकर छूटको ब्यबस्था गरिनु पर्ने ।

१०)मर्जपछिको कर दुई आर्थिक बर्ष कर छूटको ब्याबस्था गरिनु पर्ने ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको