Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : ७३ हजार ५५५ नमूना परीक्षण, ३४० जना रेड जोनमा

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १६ : ४९ मा प्रकाशित

काेराेना अपडेट : ७३ हजार ५५५ नमूना परीक्षण, ३४० जना रेड जोनमा

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ३ सय १६ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म कोरोनाको आशंकामा ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये, १६ हजार ८ सय ९८ जनाको पिसिआर विधिबाट र ५६ हजार ६ सय ५७ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

प्रदेश १ मा ७ हजार ५५ जनाकाे, प्रदेश २ मा ५ हजार ८ सय ९० जनाकाे, बागमतीमा ९ हजार १ सय ८१ जनाकाे, गण्डकीमा ६ हजार ३ सय ७७ जनाकाे, प्रदेश ५ मा ६ हजार ७ सय ७४ जनाकाे, कर्णालीमा ६ हजार ३ सय ६३ जनाकाे र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले हालसम्म १३ हजार ६ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ३ जना र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ११० जना संक्रमितमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । ३१ जना उपचारपश्चात् निको भई घर फर्केका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । 

 त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३ सय ४० जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको