Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस कहिल्यै अन्त्य नहनु पनि सक्छ : डब्ल्यूएचओ

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १२ : ४७ मा प्रकाशित

कोरोना भाइरस कहिल्यै अन्त्य नहनु पनि सक्छ : डब्ल्यूएचओ

अर्थ संसार, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालिन निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन् ।

काेराेना भाइरस विरुद्धको कुनै भ्याक्सिन बनिहाले पनि भाइरसलाई नियन्त्रण गर्नका लागि निकै ‘ठूलो प्रयास’ को आवश्यकता रहेकाे रयानले बताएका छन् । 

त्यसैगरी, उनले विशेषज्ञहरूद्वारा खोप निर्माणका प्रयासहरू भइरहेका अवस्थामा प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् । (एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको