Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : देशभर ८५ हजार काेराेना परीक्षण

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १७ : १९ मा प्रकाशित

कोरोना अपडेट : देशभर ८५ हजार काेराेना परीक्षण

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ३ सय ६३ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म कोरोनाको आशंकामा ८४ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये, २२ हजार ६ सय ६४ जनाको पिसिआर विधिबाट र ६२ हजार ३ सय २७ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले हालसम्म ५३ हजार ८ सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ६ जना र बाहिर २ सय ६६ जना आईसोलेसनमा रहेका छन्।

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका २ सय ४६ मध्ये हालसम्म ३५ जना उपचारपश्चात् निको भई घर फर्केका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको