अर्थ संसार काठमाडाैं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ५५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४५ दशमलव ७० प्रतिशतले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १०३.१६ प्रतिशत अर्थात २५ करोड ६३ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले २४ करोड ८४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६२ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती जगेडा काेषमा एक करोड ३७ लाख रुपैयाँ सञ्चित रहेकाे छ ।
त्यसैगरी, कम्पनीले सर्वसाधारणलाई ६० करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरिसकेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस