अर्थ संसार, काठमाडौं - कोरोना भाइरसका कारण बन्द भएको पुँजी बजार खुल्ने तयारीमा छ । असार १ गतेदेखि कार्यालय २ सिफ्टमा खुलेपछि पुँजी बजार पनि खुल्ने तरखरमा देखिएको हो ।
तर, शेयर बजार खुलाउने तयारी नियामन निकायले गरीरहँदा शेयर बजारको हकहितको लागि आवाज उठाउँदै आएको विभिन्न संघ संगठनले बजार खोल्नु अघि आफ्ना मागहरु पुरा गर्नु पर्नु बताएका छन् ।
आइतबार नेपाल धितोपत्र बोर्डमा पुगी लगानीकर्ता संघहरुले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटी पेनिक अवस्थामा रहेका लगानीकर्ताको लागि राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न आग्रह गरेका थिए । साथै, शेयर लगानीकर्ता दबाबले शेयर बजार खोल्नु अघि धितोपत्र बोर्डमाझ यस्तो अडान राखेको छ :
नेपाल धितोपत्र बोर्डमा भएको आजको छलफलमा शेयर लगानीकर्ता दबाब समूहले २५ बुँदे मागका तत्काल पुरा गर्न सकिने राहत, सुधार र बिकासका काम गरेर मात्र लगानीकर्ताको मनोबल उच्च बनाउने र विस्वासमा लिने गरी शेयर बजार खोल्नुपर्ने र बजार खोलेपछि कुनै पनि बहानामा बन्द गर्न नपाईने अडान राखेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष र अन्य पदाधिकारीसँग भएको लगानीकर्ता संघहरुको सामुहिक छलफलमा दबाब समूहका तिलक कोइराला र नयन बास्तोलाले लगानीकर्ताको हित सुरक्षा र बजारको बिकासबारे स्पष्ट अडान राख्नु भएको हो ।
हामीले खासगरी २५ बुँदे मागमा उल्लेखित तत्काल गर्नुपर्ने काामहरु गरेर मात्र बजार खोल्नुपर्ने कुरा जोडदार रुपमा राख्यौं । यसमा खासगरी ब्रोकर कमिशन ०.२० प्रतिशतमा झार्ने, मार्जिन कर्जाको सीमा बृद्धि, अभुतपुर्व संकटको अवस्था भएकाले मार्जिन कल नगर्ने, बैंकले दिने थोक कर्जा भन्दा एकप्रतिशत भन्दा बढी ब्याजमा मार्जिन ट्रेडिड। सुविधा, मार्जिन ट्रेडिड।
कर्जा लिदा ३० प्रतिशत रकम मात्र लगानीकर्ताले लगानी गर्ने, नागरिक स्टक डिलरलाई बजारमा तत्काल ल्याउने, असार मसान्तसम्मको ब्याज पूँजीकरण र कर्जा नविकरणको सुविधा, पाँच प्रतिशत लाभकरलाई अन्तिम घोषणा, अनलाईन कारोबार प्रणालीमा बैंक र हितगही खाता ईन्टिग्रेशन लगायत थिए ।
तत्काल गर्नुपर्ने कामहरु गरे पछि मात्र एक सातादेखि १० दिनको समय दिएर शेयर बजार खोल्नुपर्छ र खोलेपछि कहिल्यै बन्द नहुने सुनिश्चितता गर्नुपर्ने कुरामा जोड दिईयो ।
धितोपत्र बोर्डबाट आबश्यक तयारी गरी लगानीकर्ताले उठाएका माग सम्बोधनपछि मात्र बजार खोल्ने प्रतिबद्धता ब्यक्त भएको छ ।
१० कित्ता दिने प्रावधान व्यावहारिक र राम्रो देखिदैन
अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे
लक्डाउनका बीच खोलिएको बजार घटेपछि लगानीकर्ता आक्रोसित : सिमित मानिसका स्वार्थको निमित बजार खोलियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस