अर्थ संसार, काठमाडौं- नीक्षि क्षेत्रको सवल र अब्बल बैंक नबिल बैंक लिमिटेडले आफ्नो ३६ औं वार्षिकोत्सको अवसरमा आकर्षक कर्जा अफर ल्याएको छ ।
वर्तमान कोभिड १९ को माहामारीलाई ध्यानमा बैंकले ल्याएको “३६ औं वार्षिकँेत्सव योजना” नया“ तथा अरु बैंकका ऋणीको लागि उपयोगिता देखिन्छ
। उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत :
-
घर कर्जामा : ७.९९%
-
धितो कर्जामा : ८.४९%
-
व्यक्तिगत ओभरड्राफ्टमा : ८.४९%
-
साना तथा मझौला कर्जामा : ७.९९%
सिमित समøँको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकँेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास बैंकले गरेको छ । सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस