Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले अनलाइनबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १६ : ४९ मा प्रकाशित

सांग्रिला  डेभलपमेन्ट बैंकको मलेखु शाखाले अनलाइनबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं– साग्रिला डेभलपमेन्ट बैंक  लिमिटेडले समय समयमा विभिन्न सामजिक उत्तरदयित्वका कामहरु गरिराखेको छ । तर यस्तो विषम परिस्थ्तीमा आफ्नो उत्तरदायित्व नभुली सामाजिक कार्य गर्नु पर्छ भनि अनलाइनको माध्यमबाट मलेखु शाखाले बेनिघाट रोराङ्ग वडा नम्बर ३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापस का विधार्थीहरु र अभिभाबक समेत सग्लन गराइ क्यापस स्तरिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सांग्रिला बैकको मलेखु शाखाका प्रमुख गौरब काफ्लेले बैंक  तथा बित्तिय क्षेत्रको प्रयोग र महत्ब दिनानु दिन बढदै गइरहेको,आधुनिक बैकिङ्ग प्रणलीका बारेमा कोभिड १९ ले गर्दा  डिजिटल बैकिङ्ग प्रबिधिको महत्व र यसको उपयोगिता बचत र कर्जाका बारेमा लगाएत अन्य बैंक तथा वित्तिय बिषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा जय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामजी सिलबालले सांग्रिला र्बैंकको यो प्रयास अति राम्रो बिधार्थीहरुको किताबी शिक्षा संगसगै यस ब्यबहारिक छलफल तथा बसाइले थप शिक्षीत बनाउने बिश्वास ब्यक्त गर्नुभयो । र बैकलाई धन्यबाद गर्नुभयो र आगामी दिनमा समेत यस्ता सामाजिक काम गर्न सुझाब दिनुभयो जस्का लागि केहि सहयोग परेको बेलामा गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको