Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सले डाक्यो साधारणसभा, के-के छन् छलफलका एजेण्डा ? हेर्नुहोस्

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, ०८ : ४२ मा प्रकाशित

गोर्खाज फाइनान्सले डाक्यो साधारणसभा, के-के छन् छलफलका एजेण्डा ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेड साधारणसभा आह्वान गरेको छ  ।  संस्थाको असोज ७ गते बुधबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २५औं वार्षिक साधारणसभा कार्तिक ५ गते बुधबार होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सुरु हुनेछ  । 

सभामना आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको विषमा छलफल हुनेछ  । 

विशेष प्रस्ताव अन्तर्गत संस्थाको प्रवान्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, यस वित्तीय संस्था र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विषयमा छलफल हुने जनाइएको छ  । 

फाइनान्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

5f6d5cc8266e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको