Like us!
Follow us!
Connect us!
Watch us!

कुकुरसँगै रमाउने प्रवीणको कथा (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १२ : २० मा प्रकाशित

अर्थ संसार, काठमाडौं – हरेक मान्छेको इच्छा फरक फरक हुन्छ अनि भोगाई र कथा पनि बेग्लाबेग्लै । फरक यत्ति हो, कसैको भोगाई र कथा कसैका लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ । केहि गरौँ भन्ने इच्छा राखेर अगाडि बढ्ने हो भने सफलता अवश्य मिल्छ । कोही मान्छेले पनि जन्मदै सबै कुरा जानेर आएको हुँदैन । भोगाईहरुले मान्छेलाई बिस्तारै सिकाउँदै जान्छ । कति कुरा देखेर जानिन्छ भने कति कुरा पढेर त कति कुरा भोगेर जानिन्छ । केहि जान्न या सिक्न मानिसमा उत्सुकता भने हुनुपर्छ । 

के नाइन डग ट्रेनिङ एण्ड केयरका संचालक प्रविण बज्राचार्यलाई केहि नयाँ काम गर्न मन लाग्यो । सानैदेखि कुकुर मन पराउने प्रविणलाई कुकुर पाल्ने रहर लाग्यो । अन्ततः उनको इच्छालाई कसैले रोक्न सकेन । आजभन्दा २५ वर्षअगाडि प्रविणले के नाइन डग ट्रेनिङ एण्ड केयर संस्था स्थापना गरे । कुकुरलाई तालिम दिने अनि केयर पनि गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको उनी बताउँछन् । उनले यो काम सुरु गर्दा नेपालमा नौलो विषय नै थियो । उनको यो कामलाई सुरुमा साथ मिलेन । मान्छेहरुले कुकुरको पनि हेरचाह गर्छन् भनेर उनीमाथि प्रश्नचिह खडा गर्थे । काम गर्दा चुनौतीको सामना त पाइला पाइलामा गर्नुपर्छ । उनलाई पनि यस्तै चुनौतीहरुको सामना गर्नु परेको थियो । 

आफूले इच्छाएको काम गाह्रो भए पनि चुनौतीहरु सामना गर्न रमाइलो हुने उनी बताउँछन् । उनले यसबारे विभिन्न तालिम लिए । उनले थाइल्याण्ड, भारतमा गएर तालिम लिए । अष्ट्रेलियाली नागरकिहरुसंग पनि तालिलम लिए । अनलाइनमा हेरेर धेरै सिके ।  उनले आफुले मात्र सिकेनन्, अरुलाई पनि सिकाए । २००५ मा नेपालमा पहिलोचोटी डग शो भयो । त्यसबाट केहि आम्दानी भएको उनी बताउँछन् । उनले त्यो कमाइ कुकुरमै लगानी गरे । 

बाटोमा भेटिएको कुकुर होस् या कसैले पालेको के नाइनले चन्दा संकलन गरेर सहयोग गर्ने गर्दछ । सडकमा जन्मिएका कुकुरहरुको छुट्टै व्यथा छ । त्यसबाट मानव जातिले धेरै कुरा सिक्न सक्ने उनी बताउँछन् । 

खाना खाना नपाएर भौतारिएका कुकुरलाई खाना खुवाउनेदेखि अलपत्र परेका कुकुरको उद्दार गर्नेसम्मको काममा उनी रमाउँछन् । कुकुरप्रतिको उनको यो प्रेम र संघर्ष पक्कै पनि प्रेरणादायी छ ।

हेराैँ कुकुरसँगै रमाउने प्रवीणकाे प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको