अर्थ संसार, काठमाडौं - निक्षेप तथा कर्जा सुरक्षण कोषको लगानी रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण विकास लघुवित्त विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको शेयर बिक्री गरिने भएको छ । आरएमडीसी लघुवित्त २ हजार ६ सय ६२ कित्ता शेयर र ग्रामिण विकास लघुवित्त ३ हजार १ सय ९४ कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
कोषले लिलाम बढाबढको माध्यमद्वारा उक्त शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक, इच्छुक व्यक्ति वा संस्थाहरुले असोज १९ गतेदेखि कार्तिक ३ गतेभित्र निक्षेप तथा कर्जा सुरक्षण कोष गहनापोखरी, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
इच्छुक आवेदकले प्रतिकित्ता के कति दररेटमा खरिद गर्न कबुल गर्ने हो सो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।
शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम ५ सय कित्ता र ५ सयले भाग जाने वा अधिकतम सम्पूर्ण कित्तामा समेत आवेदन दिन सक्नेछन् ।
आरएमडीसी लघुवित्तको शेयरको न्युनतम मूल्य ३९८.७५ रुपैयाँ तोकिएको छ । त्यसैले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
यस्तै ग्रामिण विकास लघुवित्त शेयरको न्युनतम मूल्य १०९.७० रुपैयाँ तोकिएको छ । त्यसैले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस