अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिहिबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस