अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस