Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०८ : १७ मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक २ गते आइतबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त वार्षिक सभा कार्तिक २६ गते कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ ।

उक्त वार्षिक साधरण सभामा अध्यक्षबाट संचालक समितिको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ भने सोहि अवधिको लेखा परिक्षण प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह र तत् सम्बन्धित अनुसूचीहरु तथा NFRS प्रणाली लागु गरी तौअर गरिएको वित्तीय विवरणमाथि छलफल गरि पारित गरिनेछ 

यस्तै २०७६/७७ को लागि बाह्र लेखा परीक्षक नियुती तथा निजको पारिश्रमिकको निर्धारण गर्ने लगायत साधारण प्रस्तावमाथि छलफल हुनेछ ।

यस्तै विशेष प्रस्ताव अन्तर्गत धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) सम्बन्धमा, कम्पनीको प्रवान्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको