Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको आईपीओ : किन भयो ४४ हजारभन्दा बढीको आवेदन रद्द ?

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १५ : २६ मा प्रकाशित

ज्योति लाईफको आईपीओ : किन भयो ४४ हजारभन्दा बढीको आवेदन रद्द ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । आईपीओको बाँडफाँड इन्स्योरेन्सको केन्द्रिय कार्यलय, ज्ञानेश्वरमा आज (शुक्रबार) भएकाे हाे । 

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । निष्काशित आईपीओमध्ये कम्पनीले ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदककाे आवेदन रद्द भएकाे थियाे । जसमध्ये ४१ हजार ७०३ जना आवेदकको आवेदन सी-आस्वाबाट रद्द भएको छ, भने बाँकी २ हजार ९४२ जना आवेदकको आवेदन अयोग्य भएका कारण रद्द गरिएको कम्पनीले जनाएको छ । ४४ हजार ६ सय ४५ जना आवेदककाे २५ लाख ८६ हजार ६६० कित्ता सेयर रद्द भएको हो । 

कम्पनीको आईपीओमा परेको आवेदनमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता आईपीओ हात पर्न सफल भएका छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको