Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आईपीओ आज  बाँडफाँड हुँदै, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, ०७ : ३९ मा प्रकाशित

ज्योति लाइफको आईपीओ आज  बाँडफाँड हुँदै, कसरी हेर्ने नतिजा ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (चैत्र १३ गते, शुक्रबार) बाँडफाँड हुँदैछ । उक्त आईपीओ बाँडफाँड ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा, दिउँसो १२ :३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गाेलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् । 

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक  वेभसाइट बाट सजिलै हेर्न सकिनेछ । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको