Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

अर्थ संसार

सोमबार, १० माघ २०७८, ११ : १२ मा प्रकाशित

ज्योति लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम 'खल्ती' बाट तिर्दा प्रयोगकर्ताहरुले एक हजार रूपैयाँसम्मको क्यास ब्याक पाइने अफर ल्याएको छ ।  साथै ५ हजार रूपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी एक सय रूपैयाँको क्यास ब्याक पनि प्राप्त गर्नेछन्। 

कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो।

यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

 ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क 'खल्ती' बाट यस प्रकार तिर्न सकिन्छ :

१. 'खल्ती' एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने,

२. “ज्योति लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने, 

३. "DOB" र "Policy Number " भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्, 

४. अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने ।

त्यसैगरी, ५ हजार रूपैयाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसी  भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि  वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको