Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आईपीओ : नतिजा हेर्न ६ बजेसम्म कुर्नुपर्ने !

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १४ : १० मा प्रकाशित

ज्योति लाइफको आईपीओ : नतिजा हेर्न ६ बजेसम्म कुर्नुपर्ने !

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । आईपीओ ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा आज (शुक्रबार) बाँडफाँड भएकाे हाे । बाँडफाँड सम्पन्न भए पनि रिजल्ट भने ६ बजेपछि मात्र हेर्न सकिनेछ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिस्टममा अपडेट गर्न समय लाग्ने भएकोले रिजल्ट ६ बजेपछि मात्र हेर्न सकिनेछ ।  

ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

बाँडफाँड सम्पन्न भएपनि आइपिओको नजितालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् । 

कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १७ लाख ९७ हजार 
८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

सेयर बजारमा हुने चलखेलबाट कसरी बच्ने ? || Kamal Panthi || लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको