अर्थ संसार, काठमाडौं - सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनि लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ५ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभा कार्तिक २८ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा वेवीनार माध्यमबाट दिउँसो ३:३० बजे शुरु हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट आर्थी वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ ।
त्यस्तै लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा/नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परीक्षकको नियुक्त लेखा परीक्षकतथा निजको पारिश्रमिक अनुमोदन गर्ने, आर्थिक वर्ष २०७४/७५ को लाभांश प्रस्ताव पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक २०७६/७७ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७५/७६ को लाभांश प्रस्ताव पारित गर्ने लगायत विषयमा छलफल गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस