अर्थ संसार, काठमाडौं - शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
संस्थाले एक सुचना प्रकाशन गर्दै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।
अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस