Like us!
Follow us!
Connect us!
Watch us!

विश्वका ८ हजार मिटरभन्दा अग्लो सबै हिमाल आरोहण गरेका मिग्मा शेर्पाको कथा (भिडियोसहित)

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १० : ३८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - निदाएर देखेको सपना पुरा होला या नहोला त्यसबारे यसै भन्न सकिन्न तर विपनामा देखेको सपना भने अवस्य पुरा हुन्छ । तर म मेरो सपना जसरी नि पुरा गर्छु भने दृढ संकल्प भने राख्नुपर्ने हुन्छ । 

समाचार हामी पनि दिनहुँ सुन्छौँ । किनभने समाचारले हरेक कुराको जानकारी गराउँछ । हामी एक ठाउँमा बसेर समाचारको माध्यमबाट विश्वका हरेक घटना परिघटना थाहा पाउँछौ । समाचारलाई सुन्ने मात्र होकी मनन पनि गर्ने भन्ने कुरा भने व्यक्तिमा भर पर्छ । समाचार सुनेकै भरमा मिग्मा शेर्पाको जीवनमा भने ठुलो परिवर्तन आयो । 

संखुवासभाको नुर्वुचौरमा जन्मेका मिग्मा शेर्पाको बाल्यकाल अत्यन्तै संघर्षमय थियो ।  हिमालसँग लुकामारी खेल्दै मिग्मको बाल्यकाल बितेको थियो । जवानी चढेपछि कामको खोजीमा मिग्मा राजधानी छिरेका थिए । शेर्पाको छोरा भएकाले उनलाई ट्रेकिङ एजेन्सीले आरोहीको भारी बोक्ने काम दिएका थिए । त्यहीबाट सुरु भएको थियो उनको आरोहण यात्रा । उनले  ८ वटा हिमाल आरोहण भरिया/गाइडको काम गरेका थिए । 

समाचारमार्फत नै हिमाल चड्दा नाम कमाउन सकिने रहेछ भन्नेबारे जानकार मिग्माले बाल्यकालमै चौरी चराउदै हिमाल चड्ने सपना बुनीसकेका थिए । राजधानीमा धेरै संघर्ष गरेपछि मिग्मालाई बाल्यकालमा देखेका सपना पुरा गर्ने हुटहुटी पलाउन थाल्यो । मिग्माले पेट भर्नकै लागि ४ वर्षसम्म ट्रेकिङको काम गरे । ४ वर्षसम्म ट्रेकिङको काम गरेपश्चात मिग्माले हिमाल चड्ने मौका पाए । उनले ६ हजार मिटर अग्लो हिमाल चड्ने मौका पाएका थिए उनले सुरुमा लाङटाङको टेन्ट पिक हिमाल आरोहण गरेका थिए । त्यसपछि उनलाई अर्को हिमाल चड्ने रहर जागिहल्यो । उनले १/२ वर्षसम्म ६ हजार मिटरका हिमालहरु चढेर थुप्रै अनुभवहरु संगाले ।

त्यसपछि मिग्मालाई सन् २००० मा गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने मौका मिलेको थियो । जब उनले त्यो हिमाल सफलतापुर्वक आरोहण गरे उनलाई थाहा भयो कि विश्वमा ८ हजार मिटरभन्दा अग्लो हिमाल १४ वटा छ । हिमाल चढेर नै विश्व रेकर्ड राख्ने सपना बोकेका मिग्माले त्यसपछाडी सन् २००० देखि २००४ सम्ममा ४ वर्षको अवधिमा विश्वमा रहेका ८ हजार मिटरभन्दा माथिका ९ वटा हिमाल आरोहण गरेका थिए । 

टुरिष्टहरुले नेपालीहरुलाई पोर्टरको रुपमा हेरेको उनलाई फिटिक्कै मन पर्दैनथ्यो । त्यसपछि उनलाई हामी पनि रियल क्लाइम्बर हो भएर देखाउने इच्छा जागेर आउथ्यो । ८ हजार मिटरभन्दा माथिका ९ वटा हिमाल आरोहण गरेपछि मिग्मा जापान गएका थिए । दम्पतिसहित जापान पुगेका मिग्मालाई त्यहि बसेर पैसा कमाउने इच्छा जागेर आयो । उनीहरुको नेपाल फर्किने सुरसार नै थिएन । तर २००९ मा उनकी श्रीमतीलाई इमिग्रेशनले पक्राउ गरेपछि २ जना एक हप्ताको बिचमा नेपाल फर्किए । 

नेपाल फर्किएपछी मिग्मालाई फेरी हिमाल चड्ने सपना देखे ।  उनले फेरी २०१० मा मात्र ४ वटा हिमाल आरोहण गरे । विश्वका ८ हजार मिटरभन्दा अग्लो १४ वटा हिमालमध्ये उनले १३ वटा हिमाल आरोहण गरिसकेका थिए । बाँकी एउटा हिमाल थियो त्यसपछि त्यो पनि चड्ने प्रण गरे । उनले २०११ मा कन्चनजंघा हिमाल चढेर विश्वका ८ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चड्ने पहिलो नेपालीको रुपमा विश्व रेकर्ड राखे ।

मिग्मा मात्र होइन उनका भाई छाङदावा शेर्पाले पनि विश्वका ८ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चड्ने दोश्रो नेपालीको रुपमा विश्व रेकर्ड राखेका छन् । मिग्माका ६ दाजुभाइ छन् । उनीहरू पनि पर्वतारोहणमै संलग्न छन् ।

मिग्माको संघर्षको कथा भिडियोमा हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको