Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सेनाध्यक्ष समक्ष नेपाल भारतबीच विद्युतव्यापार खुल्ला गर्न माग गरौं

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, ११ : २१ मा प्रकाशित

भारतीय सेनाध्यक्ष समक्ष नेपाल भारतबीच विद्युतव्यापार खुल्ला गर्न माग गरौं

नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्न भारतका स्थल सेना प्रमुख मनोज मकुन्द नरबणे २०७७ कार्तिक १९ गते देखि नेपालको भ्रमणमा हुनुहुन्छ ।

वाहाँको भ्रमणमा नेपालको तर्फबाट भन्नु पर्ने अथवा माग गर्नु पर्ने अथवा जानकारी गराउनु पर्ने कुराहरुमध्येकोे एक प्रमुख विषय विद्युत उर्जा हो । नेपालमा उर्जाको उत्पादन बढी रहेको छ । नेपालमा उत्पादन हुने उर्जा भनेको जलविद्युत हो जो स्वच्छ उर्जा Clean Eenrgy हो । विद्युत उत्पादन भएपछि तत्काल खर्च गरिहाल्नु पर्ने बस्तु हो । तसर्थ यसको खपतको बन्दोबस्त बेलैमा टुंगो लगाउनु पर्दछ । 

नेपालभारत बीच विद्युत आदान प्रदान गर्नका लागी देशकै ठुलो र पहिलो ढल्केबर सवस्टेशन तैयार भएको छ । यो सवस्टेशनबाट ठुलो परिमाणमा नेपालबाट भारत तर्फ विद्युत आदान प्रदान गर्न सकिन्छ । यसको लागी हाल भारतले अडकाएर राखेका साना तीना समस्याहरु खुल्ला गरि दिनु पर्ने आवष्यकता छ ।

भारतमा नेपालमा बढी भएको विद्युत पठाउने र इनर्जि बैकिंग गर्ने तथा भारतीय वजारमा विद्युत व्यापार गर्नका लागी नेपाल सरकारको एकमात्र एकाधिकारप्राप्त संस्थाको साथ साथै नीजिक्षेत्रलाई पनि वजारमा प्रवेश गराई दिन अनुरोध गर्नु पर्ने आवष्यकता छ । यसले देशको आर्थिक विकासमा दुरगामी प्रभाव पार्नेछ । यो मौकाको सदुपयोग गर्न आवष्यक छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको