Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायमा सफलता कसरी हात पार्ने ? युवा व्यवसायी शैलेन्द्र घिमिरेको अनुभव (भिडियोसहित)

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १७ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - व्यवसायमा आम मानिसको चासो हुन्छ ।  अझ युवावर्ग त झन् बढी चासो राख्ने गर्छन् । म व्यवसाय गरेरै आफूलाई चिनाउँछु अनि व्यवसायबाट राम्रो आम्दानी गर्छु भन्ने युवाहरुको छुट्टै जमात छ । तर व्यवसायमै लागेका धेरै युवाहरुले सफलता भने हात पार्न सकेका छैनन् । कारण हो, ज्ञानको अभाव ! व्यवसाय गर्नुभन्दा अगाडि किन, के लागि, कसरि, कस्तो खालको लगायत प्रश्नहरुको राम्ररी अध्ययन गरेर मात्र सुरु गर्नुपर्दछ । व्यवसायमा कसरी सफल हुने ? त्यसबारे राम्रो अध्ययन गर्न सकिएन भने हामीले हाम्रो व्यावसायिक उद्देश्य पूरा गर्न सक्दैनौं  ।
 
अझ अहिले त युवावर्गहरु साझेदारी व्यवसायमा आकर्षित हुन थालेका छन् । तर साझेदारीमा व्यवसाय कसरी सुरु गर्ने, कस्तो साझेदार छान्ने भन्नेबारे भने धेरै युवाहरुले विचार नै गर्दैनन् । त्यसैले गर्दा उनीहरुले व्यावसायिक सफलता प्राप्त गर्न सक्दैनन् ।
 
व्यावसायिक सफलता प्राप्त गर्न के गर्ने, कसरी अगाडि बढ्नेलगायत आम प्रश्नहरुको उत्तर मेट्न कथा प्रेरणाको कार्यक्रमअन्तर्गत आजको भागमा हामीले युवा व्यवसायी शैलेन्द्र घिमिरेको अनुभवलाई तपाईंसामु प्रस्तुत गरेका छौं । आशा छ शैलेन्द्र घिमिरेको अनुभव व्यवसाय गर्न चाहनेहरूका लागि उपयाेगी हुनेछ । 
 

व्यावसायिक सफलता प्राप्त गर्न कसरी अगाडी बढ्ने ? शैलेन्द्र घिमिरेको अनुभव भिडियोमा हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको