Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुन्छ : प्रधानमन्त्री

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, १६ : ०९ मा प्रकाशित

नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुन्छ : प्रधानमन्त्री

अर्थ संसार, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

उनले दुई देशबीच सदियौं पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको