Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले सेयरधनीलाइ आकर्षक प्रतिफल दिँदै आएको छ : कुवेरमणि नेपालसँग कुराकानी

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १७ : १३ मा प्रकाशित

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रूपन्देहीमा नेपालको पहिलो र सवैभन्दा ठूलो सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा निर्माण भएको उक्त सौर्य उर्जाको उत्पादन क्षमता ८.५ मेगावाट छ। करिव १ वर्ष लगाएर कम्पनीले नेपालकै सवैभन्दा ठूलो र पहिलो सौर्य विद्युत आयोजना निर्माण गर्न सफल भएको हो । त्यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको अमुवा सव स्टेशनको राष्ट्रिय ग्रिडमा जडान गरिएको छ । बुटवल सोलार आयोजनाले दिउँसो मात्रै विद्युत उत्पादन गर्छ ।

यस्ता आयोजनाको विद्युत दिउँसो उपयोग गरेर जलयासययुक्त जलविद्युत आयोजनाको विजुली रातको समयमा उत्पादन गरेर उपयोगमा ल्याउन सकिने कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७६ सालको असोजमा निर्माण कार्य शुरु गरेको थियो । कम्पनीको अनुसार यो आयोजनामा ७१ करोडमा लागतमा निर्माण भएको हो । आयोजना २६ बिघा जमिनमा फैलिएको छ ।

यस आयोजनालाइ कम्पनीले नमुनाको रूपमा विकास गरेको छ । आयोजनाको सोलार प्यानल राखिएको क्षेत्रममा कम्पनीले नमुना खेतीसमेत सुरू गरेको छ । सौर्य उर्जा उत्पादन क्षेत्रलाई मुलुककै नमुना गन्तब्यका रूपमा विकास गर्न चाहेको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् ।

नेपालकै पहिलो सोलार आयोजना निर्माण गर्दाको अनुभव, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वर्तमान अबस्था, यसले सेयरधनीलाइ दिने प्रतिफलबारे कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले अर्थसंसार टकमा खुलेर कुरा गरेका छन् ।

विस्तृत कुराकानी हेर्नुस् भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको