Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोपावरको वार्षिक सभा शुक्रबार हुने

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, ०७ : १७ मा प्रकाशित

सिईडिबि हाइड्रोपावरको वार्षिक सभा शुक्रबार हुने

अर्थ संसार, काठमाडौं - सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा भोलि (कार्तिक २८ गते शुक्रबार) हुँदैछ । 

कम्पनीको कार्तिक ५ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभा कार्तिक २८ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा वेवीनार माध्यमबाट दिउँसो ३:३० बजे शुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट आर्थी वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ ।

त्यस्तै लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा/नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परीक्षकको नियुक्त लेखा परीक्षकतथा निजको पारिश्रमिक अनुमोदन गर्ने, आर्थिक वर्ष २०७४/७५ को लाभांश प्रस्ताव पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक २०७६/७७ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७५/७६ को लाभांश प्रस्ताव पारित गर्ने लगायत विषयमा छलफल गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको