Like us!
Follow us!
Connect us!
Watch us!

अपिकाे १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १४ : १९ मा प्रकाशित

अपिकाे १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

अर्थ संसार, काठमाडौं -अपि पावर कम्पनी लिमिटेडले साेमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । 

कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जाेडेर एकै पटक दुइ साधारणसभा गरिएकाे हाे । 

साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष  २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसै गरी सभाले नयाँ चुक्तापूँजीकाे १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेकाे छ ।

सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्याैपानेले बार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय ब्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीकाे वित्तीय विवरण प्रस्तुत गर्नु भएकाे थियाे । त्यसैगरी कम्पनीका कार्यकारी संचालक संजिव न्याैैपानेले कम्पनीकाे विस्तृत विवरण प्रस्तुत गर्नु भएकाे थियाे ।

सभामा सेेयरधनीहरूले राखेका जिज्ञासाकाे अध्यक्ष गुरूप्रसाद न्याैपानेले उत्तर दिनु भएकाे थियाे । उहाँले सेयरधनीका अमूल्य सुझावलाइ कम्पनीले सधैं सिराेधार्य गर्ने बताउनु भयाे । अपिकाे साधारणसभाले अागामी ४ बर्षकाे लागि नयाँ संचालक समितिकाे समेत चयन गरेकाे छ । सभाले चयन गरेका संचालकहरूमा सतिष न्याैपाने, संजिव न्याैपाने, द्वारिकाप्रसाद न्याैपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाइ निर्विराेध निर्वाचन गरेकाे छ।

अपि पावरले भर्खरै हक प्रद सेयर निस्कासन गरेर चुक्ता पूँजी बृद्धि गरेकाे छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे।

अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयाेजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झाैता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएकाे रकम कम्पनीले अपर चमेलिया आयाेजना निर्माणमा खर्च गर्ने छ ।

अपि पावरकाे नाफामा पनि उल्लेख्य सुधार भएकाे छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।

विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएकाे रकम समेत गरेर कम्पनीकाे चुक्ता पूँजी १ अर्व ९२ कराेड ९८ लाख पुग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको