Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको नाफा १३५.५१ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि वृद्धि (विवरणसहित)

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १४ : १९ मा प्रकाशित

आँखुखोला जलविद्युतको नाफा १३५.५१ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि वृद्धि (विवरणसहित)

अर्थ संसार, काठमाडौँ - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको  विवरण अनुसार पहिलाे त्रैमासमा कम्पनीले गत आर्थिक वर्षकाे तुलनामा चालु आर्थिक वर्षमा १३५.५१ प्रतिशतले धेरै नाफा आर्जन गर्न सफल भएको छ । 

चालु आर्थिक वर्षको पहिलाे त्रैमासमा कम्पनीले २ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

त्यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट  ७ करोड ८९ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले बिजुली बेचेर ७ करोड २० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियाे । गत वर्षको तुलनामा कम्पनीले  विद्युत बिक्रीबाट ९.६५ प्रतिशतले धेरै आम्दानी गर्न सफल भएको छ  । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ८० करोड रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको