Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको अहिलेको कार्यसमिति विघटनको माग, अध्यक्ष साहद्वारा सर्वोच्चमा रिट दर्ता

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १६ : ०४ मा प्रकाशित

महासंघको अहिलेको कार्यसमिति विघटनको माग, अध्यक्ष साहद्वारा सर्वोच्चमा रिट दर्ता

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ, २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान केन्द्रीय कार्यसमिति नै अवैधानिक भएको भन्दै तत्काल विघटन गरी तदर्थ समिति गठनको माग गरेका छन् । 

अध्यक्ष साहले हिजो (मंगलबार) मात्रै महासंघको अवैधानिक बाटोतर्फ अघि बढेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । 

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्रिय निर्देशक ऐनअन्तर्गत दर्ता भएको संस्था हो । ऐनले के भन्छ भने यसअघिको कार्यसमितिको कार्यकाल चैत्रमै सकियो । चैत्रमै महाधिवेशन हुनुपर्दथ्यो। सो अनुसार गत चैत्र २८ गते नै नयाँ कार्यसमिति आउनुपर्ने हो, तर आएन । त्यो बेलादेखि अहिलेसम्म महासंघ अवैधानिक तवरले हिँडिरहेको छ । अहिलेको सम्पूर्ण क्रियाकलाप अवैधानिक छन् ।’

महासंघको विधानले नै प्रष्ट रुपमा महासंघको निर्वाचनभन्दा पहिले प्रदेश उद्योग वाणिज्य महासंघहरुको निर्वाचन हुुनुपर्ने लेखेको उल्लेख गर्दै उनले भने,‘विधानअनुसार काम अहिलेसम्म भएको छैन् । विश्वव्यापी मान्यता छ कि मतदाताहरुको आर्थिक वर्षको नविकरण हुनुपर्छ । अहिलेको निर्वाचन २०७७ अषाढ मसान्तभित्र नविकरण हुनुपर्ने हो । तर, उनीहरुले २०७६ को असान्त मसान्तभित्रको नविकरणले यो निर्वाचनमा भाग लिएका छन् । यो गलत हो ।’
कतिपय संस्थाहरुको दर्ता समाप्त भैसककेका र कतिपय एक अर्कामा गाभिएको अवस्था सुनाउँदै उनले अहिलेको निर्वाचनमा पूरानै संस्थाबाट पनि मतदाता बनाईएको गुनासो पोखे । उनले भने,‘मर्जरमा गएकाहरुको पनि बेग्लाबेग्लै अवस्थामा मतदाता भएका छन्। एक जनाले सय जनाको मतदान गर्ने अधिकार (प्रोक्सी) लिएर बसेका छन् । जुन कुरा विधानमा समावेश नै गरिएको छैन् । यो गलत कुरा हो ।’

उनले नेपाल सरकारले महासंघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरी विधिसम्मत् रुपमा ल्याई निर्वाचन गराउनुपर्नेमा माग सुनाए । ‘मैले सर्वोच्च अदालतमा हिजो रिट हालेको छु । भोलि विहान १० बजे पेशी तोकिएको छ । मलाई अदालतमाथि विश्वास छ । मैले न्याय पाउनेछु ।’

उनले आफू सामान्य परिवारको सामान्य व्यवसाय गर्ने मान्छे भएको सुनाउँदै महासंघ भने ठूला–ठूला घरानाको संस्था बनाईएको दुःखेसो पोखे । ‘यहाँ करोडौं र अरवौंको चलखेल हुन्छ । हामी सामान्य व्यवसायी कहिले अध्यक्ष बन्ने ? यो गलत परम्परा हटाउनुपर्छ । यो महासंघ सबैको साझा संस्थाको रुपमा देखिएन । ठूला घरानाको संस्थाको रुपमा मात्रै देखापर्यो । मेरो लडाँई कुनै व्यक्ति र पदको लागि छैन् । महासंघ विधिसम्मत हिँड्न्पर्छ भन्ने नै हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको