Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज, तीन ठाउँमा हुँदैछ मतदान

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १२ : १२ मा प्रकाशित

उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज, तीन ठाउँमा हुँदैछ मतदान

अर्थ संसार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आज (बिहीबार) सुरु हुँदैछ । उक्त सभा ११, १२ र १३ काठमाडौंमा आयोजना हुने छ । 

सरकारले कोरोना महामारी संक्रमणको जोखिम कायमै रहेको विषम परिस्थितिमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी महासंघको साधारसभा र निर्वाचन गर्न स्वीकृति दिएको थियो । त्यसै अनुसार साधारण सभाको उद्घाटन प्रधानमन्त्रीले जुम एप्लिकेसनबाट गर्दैछन् । 
साधारणसभाको बन्द सत्र मंसीर १२ गते विहान १० बजे जुम प्रविधिबाटै हुने छ ।

महासंघको नेतृत्व चयनका लगि मंसीर १३ गते शनिबार विहान ८ बजेदेखि उद्योग वाणिज्य समूहको  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुने छ ।

कोभिड-१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिएको छ । त्यस्ता मतदाताहरु भए आफै वा आफ्नो संस्थामार्फत यथाशक्य चांडो जानकारी गराउन निर्वाचन समितिले अनुरोध गरेको छ ।

हामी राजनीतिक प्यानलमा छैनौ। चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको