Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ चुनावः बस्तुगतमा पनि चन्द्र ढकालकै अग्रता

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०४ : ३५ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ चुनावः बस्तुगतमा पनि चन्द्र ढकालकै अग्रता


नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको वस्तुगततर्फको मतगणनामा पनि बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको अग्रता लिएका छन।

वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षमा १०१ मत गन्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याएका छन् । यस समुहमा ३ मत बदर भएको थियो । 

वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फको मतको भार २० प्रतिशत हुनेछ । एशोसियटको ३० प्रतिशत मत भार हुनेछ । बाँकी ५० प्रतिशत  जिल्ला नगरको मत भार रहन्छ ।
वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले एशोसियटतर्फको मतगणनामा  पनि अग्रता लिएका थिए ।

वरिष्ठ उपाध्यक्षकाो ८ सय ९७ भोट गणना गर्दा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७४ मत ल्याएका छन् ।  एसोसिएटको २ मत बदर भएको छ । 

यस समुहको उपाध्यक्षमा चन्द्र समुहकै रामचन्द्र संघाई विजयी भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको