Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ निर्वाचनः एसोसिएट उपाध्यक्षमा ढकाल समुहका संघाइ विजयी

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०४ : ४३ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ निर्वाचनः एसोसिएट उपाध्यक्षमा ढकाल समुहका संघाइ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्।

बरिष्ठ उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनाव लडेका रामचन्द्र संघाईले किशोर प्रधान प्यानलका सौरभ ज्योतीलाई ४५५ मत ल्याएर विजय हासिल गरे । पराजित सौरभ ज्योतीले ४३४ मत मात्र ल्याए । एशोसियट उपाध्यक्षमा ८९० मत खसेकोमा एक मत भने बदर भएको थियो । 

महासंघमा कार्यसमिति सदस्य भएर  यसअघि विभिन्न कार्यकालमा काम गरेका संघाइ काम गरिसकेका छन्। महासंघको रोजगारदाता परिषदमा संघाईले उपसभापतिको जिम्मेवारी वहन गरिसकेका संघई त्रिवेणी समूहका निर्देशक हुन्। यस समूहले नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एशिया, प्रुडेन्सियल इन्स्योरेन्स, सिटी सेन्टर, बिगमार्ट लगायतका ब्यवसायमा लगानी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको