Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघको निर्वाचनः बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : ०० मा प्रकाशित

उद्योग बाणिज्य महासंघको निर्वाचनः बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । 
प्यानलै खडा गरेर चुनावमा होमिएका ढकालले किशोर प्रधानलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । उनले ३० प्रतिशत मतभार हुने एशोसियटमा प्रधानलाई ३७५ मतका विरुद्ध ५२२ मत ल्याएर पराजित गरे । यसै गरी २० प्रतिशत मतभार भएको वस्तुगतमा प्रधानलाई ३९ मतका विरुद्ध ५९ मत ल्याएर पराजित फराकिलो अन्तरले पछि पारे । जिल्ला नगरमा  ५० प्रतिशत मतभार रहे पनि ढकालले ५२ मत पाए भने प्रधानको ५३ मत आएको थियो । यस समुहमा भने निकै प्रतिस्पर्धा देखियो । 
महासंघको  जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई र बस्तुगत समुहमा अञ्जन श्रेष्ठ विजयी भए । दिनेश र अञ्जन किशोर प्रधान समुहबाट र संघाइ चन्द्र ढकाल समुहबाट बिजयी भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको