Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : ०८ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।
उनी किशोर प्रधानको प्यानलबाट चुनाव लडेका थिए । उनले चन्द्र ढकाल प्यानलका उमेशलाल प्रधानलाई पराजित गरे । यस समुहमा बिजयी श्रेष्ठले ६२ मत ल्याए भने प्रधानले ३७ मत ल्याए । यस समुहमा १०१ मत खसेको थियो । 
अन्जन श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । यस समुहको पोखरामा सुजल डेरी, समृद्धि स्टिललगायतमा लगानी छ । यस समुहले नेपालमा कोरियाको हुन्डाई मोटर्सका काको आधिकारिक बिक्रेता भएर विक्री वितरण गर्दै आएको छ । श्रेष्ठ लामो समयदेखि महासंघको राजनीतिमा छन् । उनले महासंघकको उद्योग समितिको सभापति, राजस्व समितिको सहसभापति र रोजगारदाता परिषद्को सदस्य भएर काम गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको