Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ निर्वाचनः बस्तुगत समुहमा दुवै समुहबाट बराबर सदस्य निर्वाचित

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : २३ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ निर्वाचनः बस्तुगत समुहमा दुवै समुहबाट बराबर सदस्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत समुहबाट कार्यसमिति सदस्यमा चन्द्र ढकाल र किशोर प्रधान समुहबाट बराबरी सदस्य निर्वाचित भएका छन् ।

वस्तुगत समुहमा १४ जना निर्वाचित हुनेमा किशोर प्यानलका ७ जना र चन्द्र ढकाल प्यानलका ७ जना निर्वाचित भएका हुन् ।

वस्तुगत समुहमा १०५ मत खसेको  थियो । ती मतमध्ये २ मत बदर भएका थिए । चन्द्र ढकाल प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भए । त्यस्तै 
प्रधान प्यानलबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भए।
कसको कति मत ?
यस समुहमा नरेश लाल श्रेष्ठले ७२, सुमित कुमार केडियाले ६६, आकाश अधिकारीले ४९, प्रकाश सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, सुबोधकुमार गुप्ताले ५५, हेमराज ढकालले ५५, अरनिको राजभण्डारीले ६४, गोबिन्द ढुंगेलले ५०, मनिषलाल प्रधानले ६०, मीनमान श्रेष्ठले ६७, विष्णुप्रसाद गैरेले ५१, सन्दिपकुमार अग्रवालले ५१ र सुकुन्तलाल हिराचनले ५५ मत प्राप्त गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको