Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ निर्वाचनः जिल्ला नगर समुहमा किशोर समुहबाट १८ र चन्द्र समुहबाट १२ सदस्य निर्वाचित

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : ३२ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ निर्वाचनः जिल्ला नगर समुहमा किशोर समुहबाट १८ र चन्द्र समुहबाट १२ सदस्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर समुहबाट कार्यसमिति सदस्यमा चन्द्र ढकाल प्यानलबाट ६ जना र किशोर प्रधान प्यानलबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

वस्तुगत समुहमा १८ जना निर्वाचित हुने ब्यवस्था छ । 
निवार्चित हुने राजन श्रेष्ठले ७९, तारानाथ घिमिरेले ७२, शोभकान्त पौडेलले ७०, कमल श्रेष्ठले ६९, गजेन्द्र भगतले ६८, चक्र बहादुर अधिकारीले ६७, अरुण सुमार्गीले ६६, देवकुमार श्रेष्ठले ६५, रामेश्वर मानन्धरले ६३, कमनबहादुर खड्काले ६२, सुरकृष्ण वैद्यले ६१, कुबिरकुमार श्रेष्ठले ५८, डिबी बस्नेतले ५८, उमेश डालमियाले ५३, किशोरकुमार आचार्यले ५२, महेन्द्रकुमार श्रेष्ठले ५४, अमृत भट्टचनले ५१ मत र गोपाल कौडियाले ५५ ल्याएर निर्चाचित भए । जिल्ला नगरमा कुल १०५ मत खसेको थियो ।
वस्तुगत समुहमा  नरेश लाल श्रेष्ठले ७२, सुमित कुमार केडियाले ६६, आकाश अधिकारीले ४९, प्रकाश सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, सुबोधकुमार गुप्ताले ५५, हेमराज ढकालले ५५, अरनिको राजभण्डारीले ६४, गोबिन्द ढुंगेलले ५०, मनिषलाल प्रधानले ६०, मीनमान श्रेष्ठले ६७, विष्णुप्रसाद गैरेले ५१, सन्दिपकुमार अग्रवालले ५१ र सुकुन्तलाल हिराचनले ५५ मत प्राप्त गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको