Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको सेयरधनी  हजारबाट लखपति, लखपतिबाट करोडपति बन्दै !

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १२ : ०४ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको सेयरधनी  हजारबाट लखपति, लखपतिबाट करोडपति बन्दै !

अर्थ संसार, काठमाडौं–  नेपाल  पुनर्बीमा कम्पनी लिमिटेडका सेयरधनी लखपति बनेका छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  नेपाल पुनर्बीमा कम्पनीको सेयरमा उछाल आएको छ ।

नेप्सेमा आइपिओ सूचिकृत भएर कारोबार भएसँगै यस कम्पनीको सेयर मूल्य दिनप्रतिदिन बढ्दै गएको छ ।  यस कम्पनीको सेयर कारोबारले सेयर बजारमा महत्वपूर्ण भूमिका समेत  खेलेको छ ।  कम्पनीको सेयर मूल्य बुधबार मात्रै ९.९४ प्रतिशतले  अर्थात प्रतिकित्ता १५९ रुपैयाँले बढेर प्रतिकित्ता १७ सय ५८ रुपैयाँमा पुगेको छ  । 

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आइपिओ चैत्र २६ गते बाँडफाँड गरेको थियो । रितपूर्वक आवेदन परेको सवै लगानीकर्तालाई ४० कित्ता र गोलाप्रथाबाट थप १० कित्ता गरी ५० कित्ता आइपिओ बाँडफाँड गरेको छ । आइपिओ राख्ने सेयरधनहरुमात्र हजारबाट लाख नजिक पुगेका छन् । त्यसै गरी   दोस्रो बजारमा  केही महिना अघि  मात्रै लाखमा सेयर किन्नेहरु अहिले करोड नजिक पुगेका छन् । 

यस कम्पनीको आइपिओ ५० कित्ता पर्ने सेयरधनीले अहिले बजार मूल्य बेच्दा ८७ हजार ९ सय रुपैयाँ रहेको छ ।  बिस्तारै यस कम्पनीको सेयर मूल्य २ हजार माथि पुग्ने सेयरधनीको भनाई छ । 

 कम्पनीले चैत्र ४ गतेदेखि चैत्र ७ गेतसमम  १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियो । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको