अर्थ संसार, काठमाडौं - टेलिकमले मूल्य बढावढमा प्राथमिक सेयर निस्कासन गर्दा हाैसिएर किन्नेहरू बजारमा सूचिकृत भएपछि भने निरास भए । लामाे समय टेलिकमकाे सेयर मूल्य ५ सयदेखि ७ सय रूपैयाँसम्मकाे हाराहारीमा रह्याे । आइपिओ नै ४ सय रूपैयाँभन्दा बढी तिरेर किनेका लगानीकर्ता टेलिकमले दिने ४५ देखि ५५ रूपैयाँ प्रतिकित्ता हाराहारीकाे नगद लाभांशमै चित्त बुझाउन बाध्य थिए । 
सेयर बजारमा आएकाे एक महिना यताकाे बुमले भने टेलिमका सेयरधनीलाई मालामाल बनाएकाे छ । पछिल्लाे समय टेलिकमकाे सेयर आकासिदै गएकाे छ । नेपाल स्टक एक्स्चेन्जमा टेलिमकाे सेयर अन्तिम मूल्य प्रतिकित्ता १२९२ रूपैयाँमा काराेबार भएकाे छ । टेलिकमकाे सेयरमा बुधबार सर्किट लाग्ने गरी मूल्य बढेेकाे छ । कारोबार रकमको आधारमा नेपाल टेलिकम सर्वाधिक कारोबार गर्न सफल भएको छ । यस दिन टेलिकमकाे ४० कराेड ७ लाख ८३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।  टेलिकमकाे सेयर मूल्य दुई महिनामा दाेब्बर भएकाे छ । कम्पनीकाे सेयर  कात्तिक  ३ गते ७ सय रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसयता कम्पनीकाे सेयर मूल्य निरंतर बढेकाे छ ।  
यसरी टेलिकमकाे सेयर उचालिएर लगानीकर्ताहरूले किन किनिरहेका छन् ?
यस प्रस्नकाे उत्तर कसैसँग छैन । बजारमा हल्ला चलाएर सेयर मूल्य उछाल्दै विक्री गरेर कुना पस्नेहरू हावि हुन थालेकाे उदाहरण टेलिकमकाे हाे । पछिल्लाे समय टेलिकमले २ सय प्रतिशत नगद लाभां दिन्छ भनेर हल्ला चलाईएकाे छ । लगानीकर्ताहरू त्यसैकाेपछि दगुरेका छन्  । 
के टेलिकमले त्यति धेरै नगद लाभांश देला ?
कोभिड-१९ का कारण भ्वाइस कलमा आधारित विभिन्न सेवा प्रभावित हुँदा नेपाल टेलिकमको आम्दानी गत आर्थिक वर्षमा करिब २ अर्ब ३४ करोडले घटेको थियाे। 
२०७५/७६ मा करिब ४३ अर्ब ८४ करोड रुपैयाँ रहेको टेलिकमको आम्दानी गत आवमा ५.३४ प्रतिशतले घट्दै ४१ अर्ब ५० करोड रुपैयाँमा ओर्लिएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको थियाे। 
टेलिकमले अहिलेसम्म दिएकाे लाभांशकाे इतिहास हेर्दा बार्षिक ४५ देखि ५५ प्रतिशतसम्म दिएकाे देखिन्छ । कम्पनीले आर्थिक बर्ष २०७३ २०७४ र २०७४ ७५ मा ५५ प्रतिशत नगद लाभांश दिएकाे थियाे भने गत बर्ष ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
यस हिसावले हेर्दा  कम्पनीकाे बार्षिक बृद्दि दर लगानीका आधारमा १३ प्रतिशत मात्रै देखिन्छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात (पिइ) ३१.९२ छ । जुन बजारमा लगानीका लागि खराब मानिन्छ । कम्पनीकाे पिवी रेसियाे भने २.०५ छ, जुन सन्ताेषजनकै मानिन्छ । 
टेलिकमको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर नेपाल सरकारसँग छ ।
कम्पनीले प्राथमिक सेयर निस्कासन गरेका बेला सर्वसाधारणका लागि छुट्याएकाे सबै सेयर विक्री हुन सकेकाे थिएन । अहिले सर्वसाधारण र कर्मचारीकाे स्वामित्वमा साधारण सेयर  ८.४८ प्रतिशत मात्रै छ । यस हिसाबले टेलिकममा कूल १ करोड २७ लाख कित्ता शेयर मात्र सर्वसाधारणको छ । शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ ।
धितोपत्र बजारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ । बजार मूल्यका आधारमा टेलिकमकाे बजार पूँजीकरण  १ खर्व ९३ अर्व ८० कराेड रूपैयाँ छ । यसरी हेर्दा नेपाल टेलिकमले नगद बाहेक बाेनस सेयर वा हक प्रद जारी गर्न सक्ने अबस्था छैन । कम्पनीकाे मुनाफामा पनि छलांग आएर नेपाल लिभरले जस्ताे सयाैं प्रतिशतमा नगद वितरण गर्न सक्ने अबस्था पनि छैन । त्यसैले उक्त कम्पनीमा हाैसिएर लगानी गर्नुकाे कुनै अर्थ छैन । हल्ला चलाउनेहरूले मूल्य बढाएर आफ्नाे सेयर बेच्छन् । किन्नेहरू त्यही मूल्यमा फेरि बेच्न नसक्दा पुर्पुराेमा हात लाएर बस्नु पर्ने अबस्थामा पुग्न सक्छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस