Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको २० प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

विहीबार, १८ मंसिर २०७७, ११ : ५८ मा प्रकाशित

चिलिमे जलविद्युतको २० प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार उक्त सभा  पुस १२ गते आइतबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु  हुनेछ ।  कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यममार्फत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेन उपर छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको वासलात, नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षणको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ  ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको