Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको हकप्रद भर्ने अन्तिम मौका आज

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, १० : ५७ मा प्रकाशित

नेपाल फाइनान्सको हकप्रद भर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज (मंसिर २४ गते बुधबार) रहेकाे छ । कम्पनीले मंसिर ४ गते, बिहीबारदेखि बिक्री गरिरहेकाे हकप्रद सेयरमा लगानीकर्ताहरुले आज बैकिंङ्ग समयाभित्र आवेदन दिइसक्नुपर्नेछ  ।

कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हो ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।

फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको