Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका

अर्थ संसार

शनिबार, २७ मंसिर २०७७, ११ : ०६ मा प्रकाशित

चिलिमे हाइड्रोको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका

अर्थ संसार, काठमाडौँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने भोलि (मङ्सिर २८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ ।

त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे २४औं वार्षिक साधारण सभा पुस १२ गते आइतबार हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको