Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १८ : ०५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमाल चौरमा, र पाँचथर जिल्ला याङवरक गाउँ पालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

बंंंैकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं.२,  ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा चन्द्र कला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ्गसेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं. ७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका ५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपम बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका वडा नं. ०२ सिमाल चौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा होमनाथ खरालर पाँचथर जिल्लायाङवरक गाउँपालिका वडा नं.१ गणेश चोक माखोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा  घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याजभुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् । 


कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथाराजश्व संकलन काउण्टर, २३८शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क  कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेकोछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको