Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङदी हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १४ : ०४ मा प्रकाशित

छ्याङदी हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - छ्याङदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर ३० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको ७२औं वार्षिक साधारणसभा पौष २७ गते कम्पनीको केन्द्रीय कार्यालय, गैह्रीधारा, काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १७ गते १ दिनको लागि बुकक्लोज गर्दैछ त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको